२०८३ बैशाख ४ गते , शुक्रबार

प्रधानमन्त्री ओली पदमुक्त, विश्वासको मत प्राप्त गर्न असफल

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २७ गते , सोमबार
प्रधानमन्त्री ओली पदमुक्त, विश्वासको मत प्राप्त गर्न असफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत प्राप्त गर्न असफल भएका छन्।  सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको सभामुख अग्नि सापकोटाले घोषणा गरे। १५ जना सांसद तटस्थ बसे।

मतदानमा कूल २३२ सांसद उपस्थित थिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको बाबुराम भट्टराई(उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले प्रस्तावको विपक्षमा मत दिएका थिए। जसपाकै महन्थ ठाकुर-राजेन्द्र महतो पक्ष तटस्थ बसेको थियो। एमालेकै माधव नेपाल-झलनाथ खनाल पक्षका केही सांसदहरु बैठकमा अनुपस्थित रहे।  विश्वासको मत लिन असफल भएसँगै प्रधानमन्त्री संविधानबमोजिम स्वतः पदमुक्त भएका छन् ।

सम्बन्धित समाचार