२०८३ बैशाख ३ गते , विहीबार

केर्खामा स्थानीयवासीको अवरोधका कारण शवदाह निर्माण कार्य स्थगित

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २७ गते , सोमबार
केर्खामा स्थानीयवासीको अवरोधका कारण शवदाह निर्माण कार्य स्थगित

(उमानाथ भण्डारी) कमल । कमल गाउँपालिका ३ केर्खा खोलामा निर्माणाधीन शवदाह स्थलको निर्माण कार्य स्थगित भएको छ । कमल गाउँपालिका ३ केर्खा स्थित मुख्य कार्यालय रहेको श्री नवोदय बहुउद्देश्यीय सहकारी संस्था र कमल गाउँपालिका वडा नम्बर ३ को आर्थिक लगानीमा निर्माण हुन लागेको शवदाह स्थलको निर्माण कार्य स्थानीयवासीको अवरोधका कारण निर्माण कार्य स्थगित भएको हो ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत केर्खा खोलाको पुलबाट करिब करिब ५० मिटर उत्तर रतुवामाई वृक्षारोपण आयोजनाको जमिनमा निर्माण हुन लागेको शवदाह स्थल निर्माण भएमा त्यहाँ बाट प्रदूषण फैलिन सक्ने भन्दै स्थानीय वासिले निर्माण कार्यमा अवरोध गरिएको स्थानीय बासी बत्ताउँछन् ।
हामी विकास विरोधी होइनौँ तर शवदाहस्थल निर्माणका बारेमा सम्बन्धित पक्षले स्थानीय बासी सँग कुनै जानकारी र छलफल नै नगरी एकलौटी रुपमा निर्माण गरिएकोले हामीले तत्काल निर्माण कार्य रोकेको स्थानीय होमराज लिम्बुले बताए ।
खोला मा पानी पर्याप्त नभएको र पानी भए पनि खोलाको पानी स्थानीय बासिले आफ्ना चौपायालाई खुवाउनका लागी प्रयोग गर्ने भएकोले विभिन्न रोग साथै महामारी फैलिन सक्ने , शवदाहस्थल बनाइसकेपछि शवदाहका लागी दैनिक जस्तो शव आउने भएकोले त्यस बाट निस्किएको धुवा अनि गन्धका कारण बाट स्थानीय बासीलाई प्रतिकुल असर पार्ने, केर्खाबजार पूर्व तर्फ को बजार बिस्तार गर्न समस्या हुने लगायतका माग राखेको लिम्बुले बताए ।
लिम्बुका अनुसार कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकाको सिमाना कमल खोलामा शवदाहगृह निर्माण गरेमा बनाएमा स्थानीय वसिले सहयोग गर्ने बताए । अहिले शवदाह स्थल निर्माण हुन लागेको ठाउँमा यस भन्दा पहिले पनि फाट्टफुट्ट शवदाह हुँदै गरेको छ । व्यवस्थित शवदाह स्थल नभएका कारण शव दहन गर्न समस्या हुने र पुरै शव दहन नभएका कारण विभिन्न समस्या हुँदै आएको थियो । त्यसैलाई व्यवस्थित गर्नका लागी सहकारीको संयोजनमा वडा कार्यालय सँगको सहकार्यका शवदाह स्थल निर्माण गर्न लागिएको श्री नवोदय बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष तथा शवदाह स्थल निर्माण समितिका संयोजक दिलीप कुमार चापागाईँको भनाई छ । 

सम्बन्धित समाचार