२०८३ बैशाख २६ गते , शनिबार
करेन्ट लागेर १० बर्षीय बालकको मृत्यु
झापा । धनकुटा नगरपालिका ५ स्थित बाल मन्दिर बस्ने राजु श्रेष्ठको छोरा १० वर्षीय सन्जोग श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार बेलुका ६ बजे आफ्नै घरमा बिजुलीको होल्डरमा बल्ब लगाउने क्रममा बालक श्रेष्ठलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका बालकको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा सोमबार सवा ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।