जनताले नटेरेपछि झापामा निषेधाज्ञा थप कडाइ गरिँदै
झापा । तीव्र गतिमा कोरोना संक्रमण बढेपछि झापामा निषेधाज्ञालाई थप कडाइका साथ लागु गरिने छ । बुधवार जुम मिडिङ्ग मार्फत सञ्चारकर्मीहरूसँग कुरा गर्दै झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले अब निषेधाज्ञालाई थप कडाइका साथ लागु गरिने बताए । उनका अनुसार जिल्ला कोरोना संक्रमण र मृत्यु दर बढ्दै गएको छ । कोरोनाको उपचार गर्ने अस्पतालहरू सङ्क्रमितले भरिन थालेका अवस्था छ । उनले भने, अब संक्रमणको ग्राफलाई मध्यनजर गर्दै निषेधाज्ञालाई थप कडाइ गर्नु पर्छ ।
देशका अन्य ठुला अस्पातालहरुमा आइसियु कक्ष भरिन थालेपछि झापामा अन्य जिल्लाबाट पनि उपचारका लागि झापा नै रोजाइमा परेको छ । यसले पनि उपचार सेवालाई विस्तार गर्नु पर्ने देखिएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए ।
अधिकारीका अनुसार झापाका प्रत्येक स्थानीय तहले पनि आइसोलेसन कक्ष र अक्सिजनको व्यवस्था मिलाएको जानकारी दिए । उनले जिल्लाका अस्पतालहरूमा भइरहेको कोभिड उपचारबारे जानकारी दिदैं उनले नयाँ भेरियन्ट चुनौती भएकाले सबैले आफ्नो स्वास्थ्यलाई ख्याल गर्न आग्रह गरे । झापा हाल १८६४ जना सक्रिय संक्रमित रहेका छन् । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले निषेधाज्ञाको उल्लङ्घन बढ्दै गएकाले त्यसको प्रभावकारी कार्यान्वयन कडाइ गर्न आग्रह गरेका थिए ।