२०८३ बैशाख ४ गते , शुक्रबार
माओवादीको निर्णय सरकारमा दावी नगर्ने, देउवाको ब्रिफिङ 'बहुमत नपुग्ने भो'
झापा । संख्या नपुग्ने निश्चित भएपछि नेकपा माओवादी केन्द्रले बहुमतिय सरकार गठनका लागि दावी नगर्ने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटपछि प्रचण्डले पार्टीको स्थायी कमिटी बैठक बोलाएका थिए । सोही बैठकले संख्या नपुग्ने भएपछि दावी नगर्ने निर्णय गरेको हो । एमालेको माधवकुमार नेपाल पक्षले तत्काल राजीनामा नदिने निर्णय गरेपछि माओवादी केन्द्रले यस्तो निर्णय गरेको हो ।
उता कांग्रेसले पनि बहुमत जुटाउन नसकेको निष्कर्ष निकालेको छ । केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझसम्म बहुमतको सरकार गठनको समयसीमा दिएकी थिइन् ।