२०८३ बैशाख ३ गते , विहीबार

ईस्लाम धर्मावलम्वीहरूको महान चाड  ‘इद’ आज मनाइँदै

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख ३१ गते , शुक्रबार
ईस्लाम धर्मावलम्वीहरूको महान चाड  ‘इद’ आज मनाइँदै

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाँउदै छन्।  यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ। यो पर्वका लागि मुसलमानले एक महिनासम्म रोजा (उपावास) बसेका थिए।

नयाँ वर्षसँगै शुरु भएको रोजा ब्रत आज अन्तिम दिन हो । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो। रमजान महिनामा नै मुसलमानका सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ।

दान दिनु गरीब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो। रमजान ब्रतको आज अन्तिम साँझ मुसलमानले चन्द्रमा हेर्न आकाश तिर दृश्यावलोकन गर्ने र चन्द्रमा हेरेर औधी रमाउने प्रचलन छ।

नेपाली जामे मस्जिद काठमाडौंले बुधबार विज्ञप्ति जारी गरी हिजो नेपालको कुनै भाग र छिमेकी राष्ट्रहरूबाट पनि चन्द्रमा नदेखिएकोले ‘इद’ आज मनाउन सूचना जारी गरेको थियो।

खाडी मुलुकमा भने हिजै ‘इद’ धुमधामसँग मनाएको छ ती देशहरूमा नेपालको भन्दा एक दिन अगाडि चन्द्रमा हेर्न पाउँछन्। यो पर्वमा मुलसलमानहरूले विशेष परिकार बिरयानी, पुलाउ, सेबइ, मासुका विभिन्न प्रकार, फलफूल आदि खाने गर्दछन्।

सम्बन्धित समाचार