२०८३ बैशाख ३ गते , विहीबार
भारतमा कोरोना : २४ घण्टामा ३.४३ लाख संक्रमित भेटिए, ३.४४ लाख निको भए
एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्यामा कमी आइरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ४२ हजार ८९६ कोरोना संक्रमितको पहिचान भएको छ जबकी ३ लाख ४४ हजार ५७० निको भएका छन् र ३,९७७ बिरामीको मृत्यु भएको छ । मे महिनामा नयाँ बिरामीभन्दा निको हुने संख्या धेरै भएको यो तेस्रो पटक हो । चार दिन अघि १० मेमा ३.२९ लाख संक्रमित भेटिएका थिए र ३.५५ लाख संक्रमित निको भएका थिए । त्यसको भोलिपल्ट ११ मे मा ३.४८ लाख नयाँ बिरामीको तुलनामा ३.५५ लाख संक्रमित निको भएका थिए ।
कोरोनाको दोस्रो लहरमा सबैभन्दा धेरै सक्रिय संक्रमित अर्थात्, उपचार गराइरहेका बिरामीको संख्या ९ मेमा ३७।४१ लाख थियो जुन अब घटेर ३७ लाख भएको छ । बिहिबार यसमा ५,७५३ को कमी आयो । भारतमा निको भइसकेका कोरोना बिरामीको संख्या २ करोडभन्दा बढी भएको छ ।