२०८३ बैशाख ३ गते , विहीबार

यात्रुबाहक भ्यान नहरमा खस्दा एकै परिवारका ११ जनाको मृत्यु 

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १ गते , शनिबार
यात्रुबाहक भ्यान नहरमा खस्दा एकै परिवारका ११ जनाको मृत्यु 

इस्लामाबाद । पाकिस्तानको पञ्जाब प्रान्तस्थित एक नहरमा शुक्रबार बेलुकी यात्रुबाहक भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु भएको छ ।

देशको पूर्वी प्रान्तको शिखुपुरा जिल्लामा उक्त घटना भएको हो अधिकारीहरुले बताएका छन् । मृत्यु भएका ११ जनामध्ये सात जना बालबालिका, तीन महिला र एक पुरुष रहेका छन् । घटना भएलगत्तै प्रहरीले उक्त स्थानमा पुगेर नहरमा डुबेका व्यक्तिहरुलाई बाहिर निकालेको थियो । प्रहरीका अनुसार एउटा परिवारका सदस्यहरु पञ्जाबको गुजरनवाला जिल्लामा नातेदारसँग भेटघाट गरेर आफ्नो गाउँ खानखा डोगरान फर्किदै थिए ।

प्रत्यक्षदर्शीहरुले नहरको बाटोमा तिब्र गतिमा भ्यान दौडिएको र अनियन्त्रित भएर नहरमा खसेको बताएका छन् । पाकिस्तानमा सडकको अवस्था कमजोर रहेका कारण वर्षैपिच्छे धेरै सडक दुर्घटना हुने गरेका छन् । एजेन्सी 

सम्बन्धित समाचार