२०८३ बैशाख ३ गते , विहीबार

भारतले सार्वजनिक गर्‍यो कोरोना भाइरसविरुद्धको औषधि

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ३ गते , सोमबार
भारतले सार्वजनिक गर्‍यो कोरोना भाइरसविरुद्धको औषधि

एजेन्सी । छिमेकी देश भारतले कोभिड १९ कोरोना भाइरसविरुद्धको औषधि सार्वजनिक गरेको छ । आज भारत सरकारले भारतको ‘डिफेन्स रिसर्च एण्ड डेभेलपमेन्ट अर्गनाइजेशन’(डीआरडीओ) ले विकास गरेको औषधि सार्वजनिक गरेको हो ।

समाचार संस्था एएनआईका अनुसार भारतको केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंह र स्वास्थ् मन्त्री हर्षवर्धनले कोभिड-१९ विरुद्धको ‘२ डिओक्सि–डी–ग्लुकोज’ नामक औषधि सार्वजनिक गरेका छन् । भारतको डीआरडीओको ‘इन्स्टिच्युट अफ न्युक्लियर मेडिसिन एण्ड एलाइड साइन्सेज’ले डा। रेड्डी प्रयोगशालासँगको समन्वयमा उक्त औषधि बिकास गरेको हो ।

सार्वजनिक गरिएका मध्ये २ डिजी औषधिको दश हजार डोजको पहिलो ब्याच हो। जसमा धुलोको रुपमा आउने औषधीलाई पानीमा घोलेर खाने गरी तयार गरिएको छ । औषधि भाइरसले प्रभावित बनाएको कोषसम्म पुगेर भाइरसको बृद्धि तथा भाइरल संश्लेषण रोक्ने र ऊर्जा उत्पादन गर्नेछ । यो औषधि कोरोना संक्रमितका लागि वैकल्पिक उपचार हुनेछ। सुरुवाती परीक्षणमा यसको प्रयोगले संक्रमितमा अक्सिजनको लेभलमा सुधार हुने पाइएको थियो।

सम्बन्धित समाचार