२०८३ जेष्ठ १ गते , शुक्रबार

झापामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ४ गते , मंगलबार
झापामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा । झापामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका ९ निवासी ४५ वर्षीय श्याम राई रहेका छन् । मङ्गलवार बिहान मेचीनगर ९ स्थित मागुरमारी सामुदायिक वन विट नम्बर १ बाट निस्किएको एउटा जङ्गली हात्तीलाई खेदाउने क्रममा राईलाई हात्तीले आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणबाट घाइते भएका उनलाई उपचारको लागि मेची अस्पताल भद्रपुर लगिएको र उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ६ दिनअघि कमल गाउँपालिका ३ बस्ने ४४ वर्षीय जितबहादुर लिम्बुको हात्तीकै आक्रमणमा परी ज्यान गएको थियो ।

सम्बन्धित समाचार