२०८३ जेष्ठ १ गते , शुक्रबार

कोरोना कहर : झापामा थप चार जनाको मृत्यु, मृतकको संख्या १७९ पुग्यो

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ४ गते , मंगलबार
कोरोना कहर : झापामा थप चार जनाको मृत्यु, मृतकको संख्या १७९ पुग्यो

भद्रपुर । झापामा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  मृत्यु हुनेमा दुई महिला र दुई पुरुष रहेका छन् । मेचीनगरमा एक विद्युत् कर्मचारीको कोरोनाबाट मृत्यु भएको छ । मेचीनगर नगरपालिका ७ इट्टाभट्टा निवासी निरौला थरका ३२ वर्षीय पुरुषको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको नगरपालिकाका सामाजिक विकास शाखाका नवीन बरालले जानकारी दिए । उनी मेचीनगर नगरपालिकाका अन्तरगतको विद्युत् शाखामा कार्यरत कर्मचारी हुन् । मेचीनगर मात्रै नयाँ भेरियन्टबाट मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ । त्यस्तै झापामा थप दुई महिलाको पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचाररत दुई महिलाको मङ्गलवार बिहान मृत्यु भएको हो । मृत्यु हुनेहरूमा दमक नगरपालिका ८ की तामाङ थरकी ६२ वर्षीया महिला र बिर्तामोड नगरपालिका ४ की कुसवाह थरकी ४० वर्षीया महिला रहेको अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले जानकारी दिए । साबिक महेशपुर गाविस–१ मन्त्रिबारी हाल भद्रपुर नगरपालिका ४ निवासी ७६ वर्षीय सुरेनचन्द्र राजवंशीको कोरोना सङ्क्रमणबाट मङ्गलवार बिहान ४ बजे होम आइसोलेसनमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।  जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १७९ पुगेको छ । 

सम्बन्धित समाचार