२०८३ जेष्ठ १ गते , शुक्रबार

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु, चालक पनि घाइते

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ४ गते , मंगलबार
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु, चालक पनि घाइते

झापा । मोरङको बुढीगंगा गाउँपालिका ३ स्थित गोकुवा चोकको कोसी लोक मार्गमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५० वर्षीय बाल कुमार बस्नेत रहेका छन् ।

सोमबार बेलुका पौने ८ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको प्र १-०२-०४५ प ६०८७ नम्बरको मोटरसाइकलले बस्नेतलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका बस्नेतको विराट मेडिकल कलेज गङ्गा चौकमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

सो दुर्घटनामा मोटरसाइकल चालक सुनसरी इटहरी ७ का २५ वर्षीय सम राज्य चौधरी समेत घाइते भएका छन् । उनको पनि सोही अस्पतालमा उपचार भइरहेको छ इलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ । 

सम्बन्धित समाचार