२०८३ बैशाख ३ गते , विहीबार
२२ लाख रुपैयाँसहित तीन हुण्डी कारोबारी पक्राउ
विराटनगर । हुण्डी कारोबारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुको साथबाट २२ लाख आठ हजार तीन सय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका– १३ का २५ वर्षीय श्रवण साह, रङ्गेली नगरपालिका– १ बबियाविर्ताकी २५ वर्षीया जिज्ञासा चौधरी र विराटनगर–१३ का ३३ वर्षीय अमृतकुमार साह सुडीलाई पक्राउ परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बिहीबार बिराटनगर महानगरपालिका–११ रोडशेष चोकमा २५ वर्षीय साह र चौधरीलाई बोकेको झोला भित्र २१ लाख ७१ हजार पाँच सय र चौधरीको साथबाट भारतीय २३ हजार रुपैयाँ बरामद भएको थियो।
हुण्डी कारोबारमा संलग्न अमृतलाई प्रहरीले घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। प्रहरीका अनुसार अमृतको घरमा खानतलासी गर्दा मोबाइलमा नगद भौचर, रकम जम्मा गरेको रसिद समेत बरामद भएको छ।