२०८३ जेष्ठ १ गते , शुक्रबार

झापामा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु 

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ७ गते , शुक्रबार
झापामा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु 

झापा । कमल गाउँपालिकामा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। कमल –३ सानो केर्खामा प्रदेश ३–०१–०२४ च ४५३५ नम्बरको जिपले बिहीबार राति पैदलयात्री शिवसताक्षी नगरपालिका–१ का ६२ वर्षीय साने दर्जीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।  घटनास्थलमा प्रहरी टोली खटि गई ठक्कर दिने जिप र चालकलाई नियन्त्रणमा लिएको छ भने घटनाबारे अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार