२०८३ बैशाख ३ गते , विहीबार
लागू औषधसहित एक महिला पक्राउ
झापा । मोरङको विराटनगर १७ मटेरुवा चौक स्थितबाट लागू औषध सहित एक जना महिलालाई पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा सुनसरी इटहरी १ निवासी ४१ बर्षीया रेखा न्यौपाने रहेकी प्रहरीले जनाएको छ ।
शनिवार बेलुका ६ बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनले बोकेको झोलाबाट लागू औषध DIALEX-DC ५० बोतल, नाईट्राभेट १०० ट्याब्लेट, SPASMO –PROXYVON PLUS -४३२ चक्की सहित नियन्त्रणमा लिएको हो ।