२०८३ बैशाख ३ गते , विहीबार

बंगालको खाडीमा ‘यास’ चक्रवात, नेपालमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना 

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १० गते , सोमबार
बंगालको खाडीमा ‘यास’ चक्रवात, नेपालमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना 

एजेन्सी । बंगालको खाडीमा रहेको न्यून–चापीय क्षेत्रमा बनेको ‘यास’ नामक चक्रवातका कारण मंगलबारदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ । 

‘यास’ उत्तर–उत्तरपश्‍चिम सर्ने क्रममा शक्तिशाली भई १२ गतेसम्म ‘ली’ चक्रवात परिणत हुने भएकाले त्यसको असर नेपालको भू–भागमा पर्ने भएकाले सबैलाई सजग रहन जल तथा मौसम विभागले आग्रह गरेको हो ।

अपरान्हपछि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली भई बागमती प्रदेश र प्रदेश १ को उच्च हिमाली–पहाडी भूभागका केही स्थानहरूमा हलुकादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

उच्च हिमाली भूभागमा हावाहुरीसमेत आउने सम्भावना रहेकाले पर्वतारोहीहरूलाई सतर्कता अपनाइ सुरक्षित हुन विभागले अनुरोध गरेको छ

सम्बन्धित समाचार