२०८३ बैशाख ४ गते , शुक्रबार
ओली सरकारले ल्याएको नागरिकता अध्यादेश खारेज गर्न विप्लवको चेतावनी
झापा । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नागरिकता अध्यादेश राष्ट्रहित विपरीत रहेको भन्दै खारेज गर्न चेतावनी दिएका छन् । विप्लवले सोमबार वक्तव्य जारी गरी जनमत बुझ्नु र विज्ञहरूको व्यापक परामर्श लिनुको साटो सत्ता संकट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्न हुने निर्णयबाट सिङ्गो देशले मूल्य चुकाउनुपर्ने बताएका छन् ।
