२०८३ बैशाख ३ गते , विहीबार
तरकारीको झोलाभित्र लागू औषध ल्याउने झापामा दुई पक्राउ
झापा । झापाको गौरीगञ्ज गाउँपालिका २ लालमाटीबाट लागू औषधसहित दुई जना पक्राउ परेका छन् । प्रहरी चौकी कोरोवारिबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका साढे ५ बजे लागू औषधसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका २५ वर्षीय लोकेन्द्र खड्का र २४ वर्षीय कमल दाहाल रहेका छन् ।
उनीहरूले तरकारी बोकेको झोलाभित्र लुकाएको लागू औषध ल्याबोरेट कोहीनफस्पेट (कोरेक्स) १२ बोतल, WIN Spasmo48 –२८ ट्याब्लेट र Nitravet –३० ट्याब्लेट फेला परेको हो । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ ।