२०८३ बैशाख ४ गते , शुक्रबार
सबै नागरिकलाई खोपको व्यवस्था हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने बताएका छन्। सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले पहिलो डोज लगाएर दोस्रो डोज लगाउन पर्खिरहेका र अन्य सबैलाई खोपको प्रबन्ध गरिने बताएका हुन्। खोपको असमान वितरण हुँदा विकासशील मुलुकका समग्र योजना प्रभावित भएको उल्लेख गर्दै उनले यसमा विश्वव्यापी सहकार्यमा जोड दिए।
प्रधानमन्त्री ओलीले महामारी रोकथाम तथा नियन्त्रणका लागि एकीकृत र समन्वयात्मक र समग्र राष्ट्रिय नीति आवश्यक पर्ने जनाउँदै जारी निषेधाज्ञा जनताको जीवन सुरक्षाकै लागि भएको स्पष्ट पारे। नेपालमा अनुदानमा ३२ लाख २८ हजार डोज र खरिद गरेर १० लाख डोज खोप ल्याइएको उनले बताए । उनले बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि हुने कुनै पनि आक्रमणमाथि कडा कारबाही गरिने पनि स्पष्ट पारे। थाहाखबरबाट