२०८३ बैशाख ३ गते , विहीबार
भारतमा कोरोना संक्रमण घट्दै, थपिए १ लाख ७३ हजार संक्रमित
एजेन्सी । भयावह बनेको कोरोना भाइरसको संक्रमण भारतमा बिस्तारै घटिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख ७३ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सक्रिय सङ्क्रमितको सङ्ख्यामा १ लाख १४ हजार ४ सय २८ जनाले कमी आएको जनाएको छ।
त्यस्तै थप ३ हजार ६ सय १७ जनाको कोरोनाका कारण मृत्यु भएको छ। यससँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ लाख २२ हजार ३ सय भन्दा बढी रहेको छ।