२०८३ जेष्ठ १ गते , शुक्रबार

महासंघ झापाद्वारा भद्रपुरका पत्रकारलाई स्वास्थ्य सामग्री

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १६ गते , आईतबार
महासंघ झापाद्वारा भद्रपुरका पत्रकारलाई स्वास्थ्य सामग्री

भद्रपुर ।  नेपाल पत्रकार महासंघ झापा शाखाले भद्रपुर नगरपालिका क्षेत्रका सञ्चारकर्मीहरूलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।

महासंघ झापा अध्यक्ष एकराज गिरीको नेतृत्वमा आएको टोलीले महासंघ झापाका पूर्व सभापति तथा प्रेस क्लब भद्रपुरका अध्यक्ष गोविन्दचन्द्र क्षेत्री मार्फत नगर क्षेत्रका ३३ जना सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेका हुन् । महासंघ झापाले जिल्ला सहकारी सङ्घ झापा तथा प्रदेश १ पत्रकार महासङ्घको सहकार्यमा जुटाएको स्यानिटाइजर, मास्क, ज्वरो नाप्ने डिजिटल थर्मामिटर लगायत स्वास्थ्य सामग्री पत्रकार स्वास्थ्य सुरक्षाका लागि प्रदान गरेको हो । यस अघि महासङ्घले झापाको दमक, कनकाई, बिर्तामोड, अर्जुनधारा, बुद्ध शान्ति, मेचीनगर प्रेस क्लबमा आबद्ध पत्रकारहरूलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिसकेको जनाइएको छ ।

महासंघ झापा अध्यक्ष एकराज गिरीले झापाका पत्रकारको स्वास्थ्य सुरक्षाका लागि दातासित सहकार्य गरी प्राथमिक स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको जानकारी दिए । अध्यक्ष गिरीले कोरोना संक्रमित सञ्चारकर्मीका लागि पोषण, अक्सो मिटर लगायत अत्यावश्यक सामग्री प्रदान गर्दै आएको जानकारी दिँदै पत्रकारको जीवन सुरक्षाका लागि अक्सिजन सिलिन्डरको पनि व्यवस्थापनमा जुटेको जानकारी दिए ।

सम्बन्धित समाचार