२०८३ जेष्ठ १ गते , शुक्रबार

मोरङमा निषेधाज्ञा जेठ २४ गतेसम्म लम्बाइयो

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १६ गते , आईतबार
मोरङमा निषेधाज्ञा जेठ २४ गतेसम्म लम्बाइयो

झापा । जिल्ला प्रशासन कार्यालय मोरङले जारी निषेधाज्ञालाई जेठ २४ गतेसम्म लम्ब्याएको छ। चौथो पटक थपिएको निषेधाज्ञाको समय भोलि सोमबार राती १२ बजेसम्म रहेकोमा पुनः एक साता थप गरिएको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम प्रशासनले निषेधाज्ञा थप गरेको जनाइएको छ ।
झापा र सुनसरी जिल्लाले पनि निषेधाज्ञाको अवधि बढाइसकेका छन् । मोरङसहितका यी तीन जिल्ला कोरोना संक्रमण सवैभन्दा धेरै भएका जिल्ला हुन् ।

कोभिड १९ को महामारीको दोस्रो लहर सुरु भएर निषेधाज्ञा लगाउन चर्को दवाव परेपछि मोरङ प्रशासनले पहिलो पटक बैशाख १८ गते राती १२ बजेदेखि लागु निषेधाज्ञा लगाएको थियो ।

सम्बन्धित समाचार