२०८३ बैशाख ३ गते , विहीबार
लागु औषध गाँजासहित एक जना पक्राउ
झापा । सुनसरीको कोसी गाउँपालिका–८ भाम्टावारि स्थित पूर्व–पश्चिम राजमार्गबाट एक सय ६५ केजी गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ४० वर्षीय गणेश यादव रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र सीमा प्रहरी चौकी भन्टावारिबाट खटिएको प्रहरी टोलीले राजमार्गको दक्षिण पानीटंकी नजिक प्लास्टिकले बेरिएको अवस्थामा ६ बोरा तयारी लागू औषध गाँजा सहित यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका यादव विरुद्ध लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।