२०८३ जेष्ठ १ गते , शुक्रबार
मेची कोभिड उपचार केन्द्रमा अर्जुनधाराकी संक्रमित महिलाको मृत्यु
झापा । मेची कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सङ्क्रमणबाट मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ३ की ५३ वर्षीया लिम्बू थरकी महिला रहेको जनाइएको छ । उनको उपचारका क्रममा आइतबार मध्यराती मेची कोभिड अस्पताल भद्रपुरमा मृत्यु भएको हो । उनलाई एक साताअघि संक्रमण पुष्टि भएको थियो ।
मृतकको खुदुनाबारीस्थित सुखानी खोलामा नेपाली सेनाको टोलीले अन्त्येष्टि गर्ने तयारी भइरहेको अर्जुनधाराका नगर कोभिड फोकल पर्सन मुकुन्द बस्नेतले जानकारी दिए । दोस्रो लहरमा अर्जुनधारामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।