२०८३ जेष्ठ १ गते , शुक्रबार
वीरेन्द्र माविका पूर्व शिक्षक घिमिरेको निधन
झापा । वीरेन्द्र मावि विद्यालय चन्द्रगढीका पूर्व शिक्षक तथा सामाजिक व्यक्तित्व प्रेम दास उपाध्याय घिमिरेको निधन भएको छ । भद्रपुर नगरपालिका ५ घोडामारा निवासी घिमिरेको ८८ वर्षको उमेरमा सोमबार निधन भएको हो । दीर्घ रोगीसँगै मिर्गौला सम्बन्धी रोगबाट समेत पीडित रहेका उनको निजी निवासमा मृत्यु भएको हो ।
१९९० साल चैत ९ गते जन्मिनु भएका घिमिरे पेसाले शिक्षक थिए । उनी गौतम बुद्ध प्रावि, शारदा आधारभूत भद्रपुर र वीरेन्द्र मावि चन्द्रगढीमा कार्यरत थिए । २०५२ सालमा शिक्षक पेसाबाट अवकाश लिएका उनी विभिन्न सामाजिक तथा धार्मिक कार्यमा सक्रिय रहेका थिए । उनका जेठो छोरा बुहारी गम्भीर-रिता भट्टराई, कान्छो छोरा बुहारी लीला- ममता ढकाल, छोरी ज्याई हिमाली-डिल्लीराम निरौला रहेका छन् ।