२०८३ बैशाख ५ गते , शनिबार

दमकको एक होटेलमा प्रहरीको छापा, नक्कली नोट र ब्राउन सुगरसहित एक पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १९ गते , बुधबार
दमकको एक होटेलमा प्रहरीको छापा, नक्कली नोट र ब्राउन सुगरसहित एक पक्राउ

झापा । नक्कली नोट र लागु औषधको कारोबार गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका ३ स्थित बेलडाँगी २ सेक्टर सी २ छाप्रा नम्बर २४४ बस्ने ३२ वर्षीय पूर्णबहादुर बानियाँ रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । 
दमक १ स्थित राधे होटेल एन्ड लजको कोठाभित्र लागु औषध ब्राउन सुगरको कारोबारी भइरहेको विशेष सूचनाको आधारका इलाका प्रहरी कार्यालय दमकको टोलीले मङ्गलवार राती ११ बजे छापा मारेको थियो । प्रहरीले होटेलमा छापा मारेर बानियाँ नियन्त्रण लिएका थिए । 
त्यसपछि प्रहरीले उनको शरीर र कोठा पुरै खोज तलास गरेका थिए । उनले लगाएको पेन्ट गोजीबाट प्रहरीले एक हजार दरको नेपाली रुपैयाँको ८ थान नोट र सानो प्लास्टिकको दुई वटा प्याकेटमा राखिएको ४७ ग्राम ५३० मिलिग्राम ब्राउन सुगर फेला पारेको डिएसपी थापाले बताए । 
नक्कली नोट र ब्राउन सुगरसहित पक्राउ परेका उनलाई  झापा जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाएको छ ।

सम्बन्धित समाचार