२०८३ बैशाख ९ गते , बुधबार

७ हजार २१९ जना संक्रमणमुक्त, १०१ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १९ गते , बुधबार
७ हजार २१९ जना संक्रमणमुक्त, १०१ जनाको मृत्यु

काठमाडौं । देशभर गत २४ घण्टामा ५ हजार ३१६ जना कोरोना संक्रमित थपिएका छन्। पिसिआर विधिबाट चार हजार पाँच सय २४ र एन्टिजेन बिधिबाट सात सय ९२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए। तीमध्ये काठमाडौं उपत्यकाका मात्रै १४ सय ५६ जना रहेका छन् । 

भक्तपुरमा १ सय ८१, ललितपुरमा ३ सय ६ र काठमाडौंमा ९ सय ६९ गरी कूल १४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यही अवधिमा १  सय १ जनाको मृत्यु भएको छ भने ७ हजार २१९ जना संक्रमणमुक्त भएका छन् । 

सम्बन्धित समाचार