२०८३ जेष्ठ २७ गते , बुधबार

बुहारी समूहले दियो भद्रपुरका ११ परिवारका बालबालिकालाई दिवा खाजा

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १९ गते , बुधबार
बुहारी समूहले दियो भद्रपुरका ११ परिवारका बालबालिकालाई दिवा खाजा

भद्रपुर । मेची महाकाली बुहारी समूहले भद्रपुर ७ स्थित देउनियाँ खोला छेउमा रहेको सुकुम्वासी बस्तीका अति विपन्न ११ परिवारका बालबालिकाका लागि दिवा खाजा सहयोग गरेको छ ।

बन्दाबन्दीका कारण रोजगारी गुमेका विपन्न परिवारका बालबालिका पोषणयुक्त खाद्यान्न अभावमा परेको गुनासो आएपछि बुहारी समूहले बालबालिका लक्षित दिवा खाजा प्याकेज सहयोग गरेको हो ।

समूहकी भद्रपुर संयोजक दीक्षा काफ्ले लुइँटेलको नेतृत्व तथा भद्रपुर नगर कार्यपालिका सदस्य मित्रा भट्टराईको उपस्थितिमा प्रतिपरिवार १५ दिनका लागि दिवा खाजा प्रदान गरिएको थियो ।

यस अगाडि सो समूहले भद्रपुर ८ का अति विपन्न ३ परिवारलाई एक महिना पुग्ने गरी खाद्यान्न सहयोग गरेको थियो । संयोजक काफ्लेका अनुसार अप्ठ्यारोमा परेका नागरिकको सहयोगका लागि सो समूह निरन्तर अगाडि बढिरहेको छ ।

सम्बन्धित समाचार