२०८३ जेष्ठ १ गते , शुक्रबार
अब यी क्षेत्रमा हडताल गर्न नपाइने (सूचनासहित)
झापा । विभिन्न २५ वटा क्षेत्रमा हडताल गर्न नपाइने भन्दै सरकारले सूचना जारी गरेको छ। सरकारले राजपत्रमा सूचना प्रकाशित गरी बैंक, बीमा, अस्पताल, होटल, विमानस्थल, इन्टरनेट सेवा प्रदायक संस्थालगायतका क्षेत्रमा हडताल गर्न नपाउने निर्णय गरेको हो। साथै, राहदानी विभागबाट प्रदान हुने सेवा, मास्क सम्बन्धि सेवा, विद्युत् सेवा, बीमा सेवा, ह्यान्ड सेनिटाइजर सम्बन्धि सेवामा पनि हडताल गर्न पाइने छैन।

