२०८३ बैशाख ३ गते , विहीबार
झापामा ब्राउन सुगरसहित एक जना पक्राउ
झापा । झापामा लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका २ निवासी २३ वर्षीय कुलबहादुर कँडेल रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
प्रहरीका अनुसार बाह्रदशी २ स्थित बुट्टावारि चोकमा साइकलमा आउँदै गरेको अवस्थामा कँडेललाई विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट २.०१ ग्राम ब्राउन सुगर बरामद गरेको हो । ब्राउन सुगरसहित पक्राउ परेका कँडेललाई झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।