२०८३ जेष्ठ २७ गते , बुधबार

झापामा जेठ मसान्तसम्म निषेधाज्ञा लम्बाइयो, हप्तामा दुई दिन यी पसल खोल्न पाइने

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २० गते , विहीबार
झापामा जेठ मसान्तसम्म निषेधाज्ञा लम्बाइयो, हप्तामा दुई दिन यी पसल खोल्न पाइने

झापा । झापा जिल्लामा जेठ मसान्तसम्म निषेधाज्ञा लम्बाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ मसान्तसम्मको लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो । प्रशासनले वैशाख १९ गतेदेखि लागू गरेको निषेधाज्ञा चौथो पटक लम्बाएको हो । 

बैठकले खाद्यान्न, माछा मासु, तरकारी, फलफूल पसलहरू खुलाउने निर्णय गरेको छ । हप्तामा दुई दिन आइतबार र बुधवार बिहान ६ देखि ९ बजेसम्म पसल खुलाउन पाउने निर्णय गरेको जनाइएको छ । 

ती सामानहरूको होम डेलिभरी सेवा भने यथावत् राखिएको छ । साथै वित्तीय संस्थाको हकमा हप्ता तीन दिने खुलाउन पाउने निर्णय गरेको छ ।  विकास निर्माणको हकमा आयोजनासँग सहकार्य गरी निर्माण सामग्री बोक्ने सवारीसाधनलाई स्थानीय तहको सिफारिसमा सञ्चालन गर्न पाउने जनाइएको छ । 

 

सम्बन्धित समाचार