२०८३ जेष्ठ २७ गते , बुधबार
विपन्न परिवार राहत बाँड्दै राजवंशी महिला समाज
झापा । करिब एक महिनादेखिको लामो निषेधाज्ञाका कारण खाद्यान्नको समस्यामा परेका अति विपन्न परिवारलाई राजवंशी महिला समाजले राहत वितरण गरेको छ । समाजले प्रारम्भिक चरणमा ६ परिवारलाई राहत वितरण गरेको हो ।
बिर्तामोड २ का खरंगनी राजवंशी, आद्री राजवंशी, धामोसरी राजवंशी, तारा राजवंशी, ढाडोसरी राजवंशी र मुन्नी मर्डीलाई चामल , दाललगायतका राहत सामग्री वितरण गरेको जनाइएको छ । राजवंशी महिला समाजकी अध्यक्ष सनम राजवंशी, कोषाध्यक्ष रूपा राजवंशी , सह–सचिव अनिता राजवंशी , तिलचन राजवंशी , सल्लाहकार पुकार राजवंशीलगायतको राहत वितरण कार्यक्रममा सहभागिता रहेको थियो ।