२०८३ बैशाख ४ गते , शुक्रबार
बिर्तामोडमा ब्राउन सुगरसहित तीन जना पक्राउ
झापा । झापाको बिर्तामोडमा लागु औषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ५ का ३० वर्षीय पशुपति राजवंशी, सोही ठाउँका २८ वर्षीय दीपक चौधरी र एक १७ वर्षीय किशोर रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी गरामनिबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ९ स्थित धौलापुरमा को ३ प १५३६ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा उनीहरूको साथबाट एक ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । उनीहरूको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।