२०८३ जेष्ठ २७ गते , बुधबार
सत्य साई सेवा सङ्गठनद्वारा भद्रपुरका ४५ विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण
भद्रपुर । कोरोना महामारीपछि लगाइएको निषेधाज्ञाले रोजीरोटी गुमाएर घरमै बन्दी भएका ४५ विपन्न परिवारलाई राहत स्वरूप खाद्यान्न सामग्री वितरण गरिएको छ ।
श्री सत्य साई सेवा सङ्गठन प्रदेश नम्बर १ समितिले भद्रपुर नगरपालिका ३ सुर्यनगर स्थित धिमालधुरा र बल्क नम्बर ७ का सन्थाल बस्तीका ४३ विपन्न परिवारलाई राहत वितरण गरेका छन् । सङ्गठनले शुक्रवार एक संक्षिप्त कार्यक्रमको आयोजना उनीहरूको घर आँगनमै पुगेर राहत दिएका हुन् । सङ्गठनले प्रति परिवार चामल १५ केजी, आलु ५ केजी, एक लिटर खाने तेल, एक केजी नुन १ र एउटा साबुन वितरण गरेको बताइएको छ ।