२०८३ जेष्ठ २७ गते , बुधबार

कचनकवलमा करेन्ट लागेर एक जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २२ गते , शनिबार
कचनकवलमा करेन्ट लागेर एक जनाको मृत्यु

झापा । झापाको कचनकवलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका ६ बनियानी निवासी ४० वर्षीय डोलूँ आलम मिया रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार शुक्रवार बेलुका ६ बजे सोही ठाउँका श्याम भेटवालको घरमा धान काट्न आएकोमा कलमा पानी खाने क्रममा पानी तान्ने मोटरबाट उनलाई करेन्ट लगेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका भद्रपुर लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार