२०८३ बैशाख ५ गते , शनिबार

होम आइसोलेसनमा बसेकी युवतीमाथि बलात्कारको प्रयास, आरोपी इन्जिनियर पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २२ गते , शनिबार
होम आइसोलेसनमा बसेकी युवतीमाथि बलात्कारको प्रयास, आरोपी इन्जिनियर पक्राउ

झापा । रुन्टिगढी गाउँपालिकामा किशोरीलाई जबरजस्ती करणीको प्रयास गर्ने एक इन्जिनियर पक्राउ परेका छन् । गाउँपालिकाको होलेरीमा २० वर्षीया कोरोना पोजेटिभ किशोरीलाई जबरजस्ती गरेको आरोपमा ३६ वर्षीय इन्जिनियर शेषमणि पौडेल पक्राउ परेका हुन् ।गाउँपालिका कार्यालयमा कार्यरत इन्जिनियर पौडेललाई पीडित किशोरीको लिखित जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नवराज सुवेदीले जानकारी दिए ।

“सार्वजनिक धारामा नुहाउँदै गरेको अवस्थामा संवेदनशील अङ्गमा सुमसुम्याउँदै जबरजस्ती करणी गर्न खोजेको भन्ने पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छिन्”, प्रहरी नायब उपरीक्षक सुवेदीले भने।

सार्वजनिक जबाफदेही पद धारण गरेको व्यक्तिले किशोरीमाथि त्यस्तो हर्कत गर्नु अत्यन्तै जघन्य अपराध भएकाले प्रहरीले अत्यन्तै संवेदनशील भई कानून बमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ । “पक्राउपछि इलाका प्रहरी कार्यालय होलेरीको हिरासतमा रहेका पौडेललाई जबरजस्ती करणी उद्योगअन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान थालिएको छ”, सुवेदीले भने।

एकान्त स्थानमा रहेको धारामा नुहाइरहेकी किशोरीलाई बोतलमा पानी भर्ने बहानामा त्यहाँ पुगेका पौडेलले करणी प्रयास गरेको जाहेरीमा उल्लेख गरिएको छ । युवती कोरोना सङ्क्रमित रही होम आइसोलेसनमा बस्दै आएकी थिइन् ।

सम्बन्धित समाचार