२०८३ जेष्ठ २७ गते , बुधबार

कचनकवलको गन्धर्व वस्तीमा पुग्यो राहत सामग्री 

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २२ गते , शनिबार
कचनकवलको गन्धर्व वस्तीमा पुग्यो राहत सामग्री 

झापा  । झापाको कचनकवल गाउँपालिका–२ का गन्धर्व वस्तीमा राहत जुट्न थालेको छ । राष्ट्रिय समाचार समितिमा केही दिन अघि ‘रोगले भन्दा भोकले मर्ने भइयो’ शीर्षकमा समाचार छापिएपछि विभिन्न सञ्चारमाध्यमहरुले प्रकाशन प्रसारण गरेका थिए । सोही समाचारका कारण दाताहरु खाद्यान्न लिएर गन्धर्व वस्ती पुग्न थालेका हुन् ।

कोही चामाल, कोही खानेतेल, साबुन, नुन, दाललगायतका अत्यावश्यक खाद्य सामाग्री लिएर गन्धर्व वस्ती आउन थालेको पूर्वाञ्चल गन्धर्व साँस्कृतिक उत्थान समाजका सचिव रबिन गन्धर्वले बताए । “ठूलो राहत मिल्यो”, उनले भने “घरमा भएको अन्न सबै सकियोको थियो । दाताहरुले ल्याइदिनुभयो । केही दिन अब भोकले मर्दैनौं ।” शुक्रवार ४५ घर परिवारलाई एक बोराका दरले रु ९० हजार बढीको सामग्री समाजसेवी ज्वाला सङ्गौलाले चामल पुर्याएकी थिइन् 

कोरोना महामारीका कारण देशका विभिन्न कुना कन्दरासम्म पुगेर सारङ्गीको धुनमा गीत गाएर परिवार धान्दै आएको गन्धर्व जाति आर्थिक सङ्कटमा परेको थियो । त्यसैगरी, उनीहरुलाई थप राहतकै लागि राष्ट्रिय समाचार समिति झापा कार्यालयमार्फत काठमाडौंका केदार गन्दारीले रु ९० हजार पठाईदिएका छन् भने औषधि व्यवसायी संघ झापाले समेत रु. एक लाखको खाद्यान्न तयारी गरेको छ ।

सम्बन्धित समाचार