२०८३ बैशाख ९ गते , बुधबार

थप ८२ सय ४३ जना कोरोनामुक्त, थपिए ५ हजार ४२ संक्रमित, ६८ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २२ गते , शनिबार
थप ८२ सय ४३ जना कोरोनामुक्त, थपिए ५ हजार ४२ संक्रमित, ६८ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार २ सय ४३ जना कोरोना मुक्त भएका छन् । निको हुने बढेसँगै सक्रिय संक्रमित संख्या पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ५ हजार ४२ जना नयाँ संक्रमित थपिएका छन् भने ६८ जना संक्रमितको मृत्यु भएको छ ।
अहिलेसम्म नेपालमा ५ लाख ९८ हजार २ सय ४ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ८४ हजार ३ सय ७३ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ७ सय ९९ जनाको मृत्यु भएको छ ।

अहिले ९२ हजार ९ सय २८ संक्रमित आइसोलेसनमा छन् ।  पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ७१ पीसीआर र ५ हजार ३ सय ४३ जनाको एन्टीजेन परीक्षण भएको छ ।

सम्बन्धित समाचार