२०८३ बैशाख ३ गते , विहीबार

घरबाट मोटरसाइकल चोरी गरेको आरोपमा सात जना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २२ गते , शनिबार
घरबाट मोटरसाइकल चोरी गरेको आरोपमा सात जना पक्राउ

झापा । मोटरसाइकल चोरी गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी १३ का २८ वर्षीय राजेश मेहता, इटहरी २० का ३८ वर्षीय बलराम गुरुङ, इटहरी २ का ३९ वर्षीय सुवास लिम्बु, इटहरी ३ का ३० वर्षीय मचिन राई, इटहरी ४ का २१ वर्षीय गोलमोल राई, १९ वर्षीय रोमन परियार र २१ वर्षीय मनोज परियार रहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार गत ज्येष्ठ १२ गते राती मोरङको सुन्दरहरैचा ४ बस्ने मदन कुमार चौधरीको नाममा रहेको प्र-१-०५-००१ प-००६१ नम्बरको रातो कलरको २०० सिसीको एनएस मोटरसाइकल घरबाटै चोरी भएको थियो । घरबाट मोटरसाइकल चोरी भएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सूक्ष्म अनुसन्धान गर्दै खोजतलास सुरु गरेका थिए । 

खोजतलासको क्रममा प्रहरीले गत ज्येष्ठ २१ गते चोरी भएको मोटरसाइकल राजेश मेहताको घरबाट फेला पारेको थियो ।  त्यसपछि मेहताको बयानको आधारमा  मोटरसाइकल चोरीमा संलग्न अन्य ६ जनालाई पनि प्रहरीले पक्राउ गरेको जनाइएको छ । 

सम्बन्धित समाचार