२०८३ बैशाख ९ गते , बुधबार

सेनाको सहकार्यमा स्काउटले गर्‍यो भद्रपुरमा कोरोना सङ्क्रमितको शव व्यवस्थापन

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २२ गते , शनिबार
सेनाको सहकार्यमा स्काउटले गर्‍यो भद्रपुरमा कोरोना सङ्क्रमितको शव व्यवस्थापन

भद्रपुर  । नेपाल स्काउटको टोलीले पहिलो पटक नेपाली सेनासँगको सहकार्यमा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गरेको छ । स्काउट प्रदेश नम्बर १ का सदस्य अरुण बस्नेत नेतृत्वको टोलीले भद्रपुर नगरपालिका ६ का ८४ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएपछि सेनासँग सहकार्य गरी शव व्यवस्थापन गरेको हो ।

झापामा नेपाली सेनाको टोलीले मात्र कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्दै आएको थियो । मृत्युदर तीव्र हुँदै जाँदा सामाजिक स्वयंसेवक भएको नेपाल स्काउटलाई सहकार्यका लागि सेनाले प्रशिक्षण दिएको थियो । सेनाले प्रशिक्षण दिएपछि पहिलो पटक स्काउट टोली शव व्यवस्थापनका लागि भद्रपुरबाट निस्किएको हो ।

सम्बन्धित समाचार