२०८३ जेष्ठ ३० गते , शनिबार

बाह्रदशी जेसीजद्धारा संक्रमित परिवारलाई पोषणयुक्त खाद्य सामग्री वितरण

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २३ गते , आईतबार
बाह्रदशी जेसीजद्धारा संक्रमित परिवारलाई पोषणयुक्त खाद्य सामग्री वितरण

बाह्रदशी । “कि मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै बाह्रदशी जेसीजले विपन्न परिवारका कोरोना सङ्क्रमितलाई पोषणयुक्त खाद्य सामग्री सहित मास्क र स्यानिटाइजर वितरण गरेको छ ।

स्वास्थ्य संयोजक डा. विवेक गौतमको निगरानीमा उक्त सामग्री बाह्रदशीका विपन्न परिवारका कोरोना सङ्क्रमितको घर घरमा पुर्‍याउनुका साथै अति विपन्न परिवारमा खाद्यान्न सङ्कट आउन नदिन खाद्य सामग्री समेत वितरण गरिएको छ ।

बाह्रदशी गाउँपालिका भरिका कोरोना संक्रमितहरु मध्ये विपन्न परिवारलाई सहयोग गर्ने उद्देश्यले जेसीजका सदस्यहरूबाट आर्थिक सङ्कलन गरी सो सामग्री वितरण गरिएको जेसीजका अध्यक्ष विगम श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार