२०८३ बैशाख ९ गते , बुधबार

कनकाईका पत्रकारलाई निःशुल्क स्वास्थ्य जाँच 

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २३ गते , आईतबार
कनकाईका पत्रकारलाई निःशुल्क स्वास्थ्य जाँच 

झापा । नेपाल पत्रकार महासंघ प्रदेश समिति सदस्य लीलाराज झापालीको समन्वय तथा सुरुङ्गा मेडिसिन सेन्टर एन्ड चन्द्रोदय क्लिनिकको आयोजनामा यहाँका पत्रकारहरूका लागि एक दिने निःशुल्क होल बडी चेकअप क्याम्प सञ्चालन भएको छ । आयोजक सुरुङ्गा मेडिसिन सेन्टरका प्रमुख यज्ञराज कार्कीका अनुसार पत्रकारहरूलाई सुगर, प्रेसर, कोलीस्टल, मुटु, मिर्गौला, जन्डिस, पिसाब लगायतका सबै समस्याहरूको निःशुल्क चेक जाँच गरी औषधि समेत वितरण गरिएको हो ।

पत्रकारहरुलाई वरिष्ठ सुगर, प्रेसर पेट छाती मिर्गौला तथा कलेजो रोग विशेषज्ञ डाक्टर सम्पन्न बुढाथोकीको नेतृत्वमा चेकजाँच गरिएको थियो भने समस्या हुने तथा नियमित औषधि सेवन गर्ने पत्रकारहरूलाई निःशुल्क एक महिनाको समेत औषधि वितरण गरिएको थियो । कोरोना महामारीका बिच पनि जनताको हरपलको सूचनाहरू सङ्कलन गर्न दिनरात नभनी खट्ने पत्रकारहरूका लागि निःशुल्क स्वास्थ्य जाँचको कार्यक्रम राखिएको आयोजक समितिका कार्कीले बताए । 

उक्त स्वास्थ्य शिविरमा कनकाई क्षेत्रका १५ जना पत्रकार महामारीका बिच लाभान्वित भएको कार्यक्रम संयोजक लीलाराज झापालीले जानकारी दिए । समस्यामा परेका वेला पत्रकारलाई निःशुल्क स्वास्थ्य जाँचबाट ठुलो राहत मिलेको झापालीको भनाई छ ।  आफू आवश्यक परेको वेला पत्रकारलाई थप सहयोग जारी राख्ने सुरुङ्गा मेडिसिनका सञ्चालक कार्कीले बताए । 

सम्बन्धित समाचार