२०८३ बैशाख ११ गते , शुक्रबार

३४ सय ७९ संक्रमित थपिँदा ६६ सय ३६ जना कोरोनामुक्त

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २३ गते , आईतबार
३४ सय ७९ संक्रमित थपिँदा ६६ सय ३६ जना कोरोनामुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १० हजार ४ सय ७१ जनाको पिसिआर परीक्षण गरिएको छ। जसबाट ३ हजार २४ जनामा संक्रमण भएको र ३ हजार २ सय ६२ एन्टिजेन परीक्षणबाट ४ सय ५५ जनामा संक्रमण भएको मन्त्रालयले पुष्टि गरेको छ। 

पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ३६ जना संक्रमणमुक्त भएका छन्। उही अवधिमा ९९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।  आज काठमाडौं उपत्यकाका १ हजार १ सय ३१ जनामा कोरोना संक्रमण भएको जनाइएको छ। यस्तै ८९ हजार २ सय १७ जना सक्रिय संक्रमित देशभर रहेका पनि मन्त्रालयले प्रेस ब्रिफिङमार्फत बताएको छ।   

सम्बन्धित समाचार