२०८३ जेष्ठ २७ गते , बुधबार

माओवादी केन्द्रद्वारा भद्रपुरका एक सय विपन्न परिवारलाई खाद्यान्न सामग्री

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २४ गते , सोमबार
माओवादी केन्द्रद्वारा भद्रपुरका एक सय विपन्न परिवारलाई खाद्यान्न सामग्री

भद्रपुर । भद्रपुरका विपन्न परिवारलाई राहत स्वरूप खाद्यान्न सामग्री वितरण गरिएको छ ।  नेकपा माओवादी केन्द्र भद्रपुर नगर कमिटीले नगर क्षेत्रका एक सय विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको हो । भद्रपुर ४ स्थित पार्टी कार्यालयमा सोमबार बिहान आयोजित एक संक्षिप्त कार्यक्रमका बिच प्रदेश कमिटी सदस्य डिल्ली घिमिरे (हिक्मत)को नेतृत्वमा प्रति विपन्न परिवारलाई १० केजी चामल, १ केजी दाल, एक लिटर तेल, १ प्याकेट नुन वितरण गरेको कमिटीका सदस्य पुष्कर राजवंशीले जानकारी दिए ।

पार्टीका विभिन्न तहका नेता कार्यकर्ता, सहयोगी एवं शुभचिन्तकहरू बाट प्राप्त भएको सहयोगबाट राहत जुटाइएको नगर अध्यक्ष शिवकुमार राजभण्डारीले जानकारी दिए ।  स्थानीय प्रशासनले लगाएको निषेधाज्ञापछि कोरोना महामारीले प्रभावित भएका अति विपन्न परिवारका लागि सक्नेले दिएर जाँउ नसक्नेले लिएर जाँउ नाम दिएर राहत अभियान सुरु गरिएको जनाइएको छ ।  यस अभियानलाई निषेधाज्ञाभरि निरन्तरता दिने नगर इन्चार्ज नरेश सन्जेलले जानकारी दिए ।  

सम्बन्धित समाचार