२०८३ जेष्ठ २७ गते , बुधबार
४ लाख ९० हजार भन्दा बढीको मदिरा बरामद
मोरङ । मोरङ जहदा गाउँपालिका १ बुधनगर स्थित खाली जग्गामा लुकाई छिपाई राखेको ४ लाख ९० हजार भन्दा बढीको सिल प्याक मदिरा प्रहरीले बरामद गरेको छ ।
सोमबार बिहान १ बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को ३२ प ९५२१ र को २० प ८७१७ नम्बरको मोटरसाइकलमा लोड गरेको र बाकी बेवारिसे अवस्थामा दिलवाले मदिरा ३०९ कार्टुन, उंमग मदिरा २७७ कार्टुन र विभिन्न ब्रान्डका खुल्ला मदिरा १९०० बोतल फेला पारेको हो ।
बरामद गरेको मदिरा र सवारी साधन जिल्ला प्रहरी कार्यालय मोरङले आवश्यक कारबाहीको लागि विराटनगर भन्सार कार्यालय रानी बुझाइएको छ ।