२०८३ बैशाख ५ गते , शनिबार

बाल कल्याण मावि गौरीगञ्जका प्रधानाध्यापकलाई अख्तियारको पत्र 

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २८ गते , शुक्रबार
बाल कल्याण मावि गौरीगञ्जका प्रधानाध्यापकलाई अख्तियारको पत्र 

झापा । झापाको गौरीगंज गाउँपालिका १ कुञ्जिवारीस्थित बाल कल्याण माविका प्रअ भीम कोइरालाले विद्यार्थी भर्नाको रकममा अनियमितता गरेको भन्दै छानबिनका लागि अख्तियारले पत्र पठाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले जेठ १० छानबिनका लागि गौरीगंज गाउँपालिकामा उक्त पत्र पठाएको हो ।
कक्षा१ देखि ५ सम्मको विद्यार्थी भर्ना रकममा अनियमितता गरेको, दिवा खाजा शीर्षकमा रकम हिनामिना गरेको, विज्ञान प्रयोगशालाका लागि कुन – कुन निकायबाट के कति सहयोग प्राप्त भएको र त्यसमा के कति खर्च भएको ?, विद्यालय भवन निर्माणका लागि के कति खर्च भएको ? , कुन प्रक्रियाबाट भवन निर्माण कार्य गरेको रु त्यसको सबै विल भर्पाईको विवरण उपलब्ध गराउन, भवनको रङ्ग रोगनमा भएको खर्चको विल भर्पाई र आर्थिक वर्ष २०७५-७६ र ०७६-७७ को लेखा परीक्षणको प्रतिवेदन बुझी विस्तृत विवरण उपलब्ध गराउन गौरीगंज गाउँपालिकालाई पत्र पठाएको छ ।
गौरीगंज गाउँपालिकाले जेठ २७ गते बिहीबार मात्र शिक्षा शाखाका अधिकृत केशव भट्टराईलाई स्थलगत निरीक्षण गरी प्रतिवेदन बुझाउन भनेको स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार