२०८३ बैशाख ३ गते , विहीबार

भद्रपुर माविको पर्खाल अज्ञात समूहले भत्कायो, विद्यालय प्रशासनद्वारा घटनाको भर्त्सना

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २९ गते , शनिबार
भद्रपुर माविको पर्खाल अज्ञात समूहले भत्कायो, विद्यालय प्रशासनद्वारा घटनाको भर्त्सना

भद्रपुर । भद्रपुर माध्यमिक विद्यालयको पर्खाल अज्ञात समूहले भत्काएको छ । कोरोना महामारीका कारण लामो समयदेखि विद्यालय बन्द भएको र विद्यालयको खेल मैदानमा प्रवेश गर्न नसकेका समूहले पर्खाल भत्काएको हुन सक्ने विद्यालय प्रशासनको ठहर छ ।  पर्खाल तोडफोड गर्ने घटनाको भर्त्सना गर्दै घटनामा संलग्न दोषीहरूको खोजतलासका भद्रपुर माविको फेसबुक पेजमार्फत विद्यालयले अपिल समेत गरेको छ ।

भन्सार अगाडी रहेको विद्यालयको मुख्य प्रवेशद्वार पूर्व पट्टी रहेको पर्खाल साढे ५ मिटर भत्काइएको छ । माविको फेसबुक पेजमा लेखिएको छ, 'मुख्य प्रवेशद्वारमा चौबिसै घण्टा  ताला लगाइएका कारण केही स्थानीयहरुले नै छोटो बाटोको माध्यमबाट सहज ढङ्गले आफ्ना गाई,  बाख्रा  लगायतका घरपालुवा जनावरहरूलाई  विद्यालय परिसरमा प्रवेश गराई खेल मैदानमा चराउन र भवनको बरन्डा तथा पेटीमा विश्राम गराउन नपाएकै झ्वाँकमा यो हर्कत गरेको आशङ्का व्यक्त गरेको छ ।' विद्यालयको पर्खाल भत्काएको ठाउँदेखि वडा प्रहरी कार्यालय भद्रपुरको दुरी एक सय मिटर पनि छैन । 

सम्बन्धित समाचार