२०८३ बैशाख ४ गते , शुक्रबार

प्रहरीका नक्कली डिएसपी पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ३१ गते , सोमबार
प्रहरीका नक्कली डिएसपी पक्राउ

झापा । नेपाल प्रहरीको डाक्टर प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँ भन्ने एक नक्कली डिएसपीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको पोशाक लगाएको फोटो फेसबुकमा राखेर आफूलाई नेपाल प्रहरीको डिएसपी हुँ भनेको आरोपमा काठमाडौं तारकेश्वर नगरपालिका –६ का ४४ वर्षीय कृष्ण प्रसाद ढुङ्गानालाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो। तारकेश्वरमा भिक्टोरिया नामको फार्मेसी संचालन गरिरहेका ढुङ्गानाले नेपाल प्रहरीको कर्मचारीलाई सशस्त्र प्रहरीको डिएसपी र सशस्त्र प्रहरीको कर्मचारीलाई नेपाल प्रहरीको डिएसपी हुँ भन्ने गरेको महाशाखाले जनाएको छ।

उनको साथबाट नेपाल प्रहरीको बिभिन्न पदका जस्तै देखिने पोशाक लगाएका तस्बीरहरु, डिएसपीको पोशाक र जर्सी बरामद गरिएको महाशाखाले जनाएको छ। उनको बारे आवश्यक अनुसन्धान भइरहेको र उनीबाट कोही पीडित भए खबर गर्न पनि महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार