२०८३ बैशाख ५ गते , शनिबार
लुटेराहरूले गोली प्रहार गरी सुनचाँदी लुटे
झापा । लुटेराहरूको समूहले महोत्तरीमा अन्धाधुन्धा गोली प्रहार गरी सुनचाँदी लुटेका छन् । महोत्तरीको सम्सी गाउँपालिका–१ स्थित पर्सा बजारमा गएराति ती समूहले राजीव ज्वेलर्स सुनचाँदी पसलमा अन्धाधुन्धा गोली हानेर लुटपाट गरेका हुन् । लुटेराहरूको समूहले चलाएको गोलीबाट राजीव ज्वेलर्सका संचालक वीरेन्द्र साहसहित उनको परिवारका सदस्यहरु घाइते भएको प्रहरीले जनाएको छ।
साहको कम्मरमा गोली लागेको महोत्तरी प्रहरीले जनाएको छ । त्यस्तै लुटेराहरूले रड प्रहार गरी घाइते साहको श्रीमती ४५ वर्षीय सुशीला देवी साह, छोरा २५ वर्षीय शम्भु साह, छोरी २० वर्षीय कंचन कुमारी साह, १७ वर्षीय छोरा राजिव साह घाइते रहेको छ ।