२०८३ बैशाख ५ गते , शनिबार

झापामा ब्राउन सुगरसहित एक जना पक्राउ 

sajilo news
पार्थ मण्डल
२०७८ असार ३ गते , विहीबार
झापामा ब्राउन सुगरसहित एक जना पक्राउ 

झापा । प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ६ स्थित शान्ति टोल निवासी ३४ वर्षीय पवन राई रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । बिहीबार दिउँसो लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शङ्का लागेर चेकजाँच गर्ने क्रममा राईको साथबाट २२ ग्राम ब्राउन सुगर बरामद गरेको हो । उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार